Fursad Times मंगलबार, जेठ ०३, २०७९

भक्तपुर । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ५ हजारभन्दा धेरैको मतान्तर बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार शाहले १० हजार ७९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार ७८७ मत पाएका छन्। उनको कूल मतान्तर ५ हजार १० पुगेको छ । कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन्।