भक्तपुर । स्थानीय तहको चुनाबको परिणाम आउने क्रम जारी छ । अहिले सम्म सार्वजनिक भएको परिणाम अनुसार ३५ पालिकामा नेपाली कांग्रेस र ३४ पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यस्तै माओवादी केन्द्र २२ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार २ स्थानीय तहमा विजयी भएका छन् । पालिकामा कुनै जित हात नपारे पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अहिलेसम्म ३५ वटा वडा अध्यक्ष जितेको छ । राप्रपाले जितेका वडाहरु यसप्रकार छन्–
१. धादिङको रुबिभ्याली वडा नं ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी ।
२. धादिङको खनियाबास वडा नं ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी ।
३. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी ।
४. सिद्धार्थनगर नपा कै वडा नं ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी ।
५. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं १ मा श्यामकुमार आले र प्यानल विजयी ।
६. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा) सहितको प्यानल विजयी ।
७. भद्रपुर नगरपालिकाको वडा नं ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी ।
८. दमक नगरपालिकाको वडा नं १० को वडा अध्यक्षमा राजेन्द्र भण्डारी सहितको प्यानल विजयी ।
९. झापाको हल्दिबारी गाउँपालिकाको वडा नं १ मा देवी थापा सहितको प्यानल विजयी ।
१०. नेपालगन्ज उपमहानगरको वडा नं २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी ।
११. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी ।
१२. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।
१३. नवलपरासीको रामग्राम-३ को वडाध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।
१४. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित ।
१५. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी ।
१६. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित विजय ।
१७. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
१८. रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित ।
१९. चितवनको माडी नगरपालिका वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
२०. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
२१. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
२२. डोटीको के.आई. सिंह गाउँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
२३. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी ।
२४. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
२५. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी ।
२६. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी ।
२७. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष विक्रम चन्द सहित प्यानल विजयी ।
२८. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी ।
२९. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी ।
३०. नवलपरासीको प्रतापपुर-२ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल विजयी ।