Fursad Times सोमबार, जेठ ०२, २०७९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ। यस उपमहानगरपालिकाको अहिले सम्म ११ हजार ६७३ मतको परिणाम आइसकेको छ । हाल सम्म्को मतगणना अनुसार गठबन्धनबाट मेयरकी उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले जम्मा १ मतको अग्रता लिएकी छिन्। लामाले ३ हजार ४५६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ३ हजार ४५५ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत प्राप्त गर्दै करिब ४०० मतले पछाडि रहेका छन्। उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ५ हजार १०३ मत प्राप्त गर्दै ठूलो मत अन्तरले अग्रता लिइरहेका छन् भने एमाले उम्मेदवार सुमित्रा काफ्लेले ३ हजार ९५६ मत र राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत प्राप्त गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्।