Fursad Times आइतबार, जेठ ०१, २०७९

भक्तपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७१० मत ल्याएर एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् । लामा २ हजार ६६९ मत ल्याएर दोस्रो स्थानमा छिन भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसले सुरु देखि नै अग्रता बनाएको छ । कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने एमालेको सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन्  ।