Fursad Times आइतबार, जेठ ०१, २०७९

भक्तपुर – हेटौंडा उपमहानगरपालिकामा अहिलेसम्म ६६४१ मत गन्दा सत्ता गठबन्धनले अग्रता लिएको छ । सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले २१३० मत मतसहित अग्रता लिएकी छन् भने उनलाई नेकपा एमालेका अनन्त पौडेलले २१२८ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले २००१ मतसहित तेस्रो स्थानमा छन । एमाले र गठबन्धन बिच मात्र २ मतको अनतर रहेक्क छ । यस्तै उपमेयरतर्फ सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता राजेश बानियाँले ३१६५ मत ल्याएका छन् भने उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २३९६ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेले ७०५ मत पाएकी छन्।