Fursad Times आइतबार, जेठ ०१, २०७९

भक्तपुर – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा भै सक्दा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत  पाएकी छन्। शाहले मेयरको उम्मेदवारी दिएसङ्गै उनको चर्चा सुरु भएको थियो । उनले अहिले सम्म उक्त चर्चालाई कायमै राख्न सफल भएका छन ।