Fursad Times बिहिबार, बैशाख २९, २०७९

भक्तपुर । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको छ। बुटवलको इलाका प्रहरी कार्यालयका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो।

घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर समेत लेखिएको भएता पनि विष्फोटको जिम्मा भने अहिलेसम्म कसैले लिएको छैन। घटनास्थल आसपास केही छर्राहरु समेत फेला परेको प्रहरीको भनाइ छ। घटना बुधबार साँझ भएता पनि प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो।

https://youtu.be/fMcOEVoNGBU