Fursad Times मंगलबार, बैशाख १३, २०७९

भक्तपुर । गायक टंक तिमिल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिमको विकट मानिने अछामबाट कलाकारितामा उदायका तिमिल्सिनाले स्वतन्त्रबाट उम्म्दवारी दर्ता गराएका हुन्।

तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरु :

१) गाउँमा रोजगारीको अवसर सिर्जना गर्ने

२) कृषि विषयको अध्ययन गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने, हरेक विद्यालयमा कृषि विषयको पढाई हुनेगरी तयारी थाल्ने ।
३) कृषिमा आधुनिकीकरण गर्न किसानहरुलाई सहयोग गर्ने ।

४) वैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गराउने ।
५) पञ्चदेवलको प्रचारप्रसार गरी धार्मिक पर्यटनको विकास गर्ने ।

६) हरेक घरमा विद्युत बिस्तार र सडक नपुगेका स्थानमा सडक सञ्जालको विस्तार गर्ने ।
७) गाउँमा आएका गाडीहरुमा त्यहाँको उत्पादन लैजाने गरी व्यवस्था गर्ने, सबैलाई उद्यमी बनाउने ।
८) आफ्नो बिरानो नभनी प्रतिस्पर्धाका आधारमा निर्णय लिने ।

९) पुलपुलेसा, बाटोघाटो निर्माणमा सबै जनताको सहभागितामा काम गर्ने/गरमउने ।

https://youtu.be/yyB0ixY69qA