Fursad Times आइतबार, बैशाख ०४, २०७९

भक्तपुर । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले ज’बर’ज’स्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि द’बाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । बकपत्र गराउँदा नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत आफ्नो बयान फेरेका स्रोतको दाबी छ।

अभिनेता पल शाहलाई १६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई कर णी गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजायको माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो भने उक्त प्रकरणमा शाहलाई दोषि देखाउदै दुबै अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसंगै हाल उनी तनहुँ कारागारमा छन्।

पिडित पक्षले बयान फेरे पछि अब के हुन्छ ?

पीडित पक्षले नै बयान फेरेपछि अभिनेता शाहलाई राहत पुग्ने देखिएको छ । पीडित पक्षले बयान फेरेसँगै मुद्दा कमजोर हुने देखिएको छ जसले गर्दा उनलाई ठूलै राहत पुग्ने छ । पीडितले नै आफूमाथि कर णी भएको होइन भनेर बयान दिएको खण्डमा भने पिडक भनिएको पक्षलाई राहत पुग्ने देखिएता पनि यसरी बयान फेर्दा पीडित माथि नै कारबाही हुन सक्ने सम्भावना पनि रहन्छ । तर अब अदालको आदेश कस्तो आउला भन्ने सबैको पर्खाइको बिषय बनेको छ ।

https://youtu.be/LfDFRtojiO0