Fursad Times मंगलबार, चैत्र २९, २०७८

भक्तपुर । पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका थिए। ‘बालुवाको लड्डु’को संज्ञा दिँदै पाँच दलीय गठबन्धनले आफूहरूलाई केही फरक नपर्ने बताएको छ । आगामि स्थानिय चुनावको लागि देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हँुदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।

‘यो पाँच दलीय गठबन्धनसँग हामीलाई कुनै फरक पर्दैन । यस्ता गठबन्धन एमालेका आगाडि टिक्नै सक्दैन । केही ठाउँबाहेक देशैभरि एमालेका उम्मेदवार सानदार मतकासहित विजयी हुन्छ,’ उपप्रमुख रिजालले राजधानीसँग भने ।

हाम्रो मुख्य प्रतिपस्पर्धा कांग्रेससँगै हुन्छ । माओवादी, एकीकृत समाजवादी, जसपा, जनमोर्चाको देशैभरि संगठन नै छैन । यी दलका बीचमा गठबन्धन गर्ने भनिए पनि तल्लो तहसम्मका नेता कार्यकर्ताले त्यसलाई स्वीकार गरेका छैनन् । एमालेको अगाडि उनीहरू टिक्नै गाह्रो देखिन्छ,’ उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजधानीसँग भनिन् ।

शीर्ष नेताबीच गठबन्धन गर्ने सहमति मात्रै गरेर नहुने बताउँदै व्यवहारमा लागू गर्न कठिन रहेको उनले बताइन् । देशैभरि एमालेमा प्रवेश गर्नेको लहर चलेको बेला कुनै पनि गठबन्धन एमालेको अगाडि नटिक्ने उनको भनाइ छ । वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने दाबी ओलीको छ । राजधानी दैनिकबाट

https://youtu.be/fqSASf7_hsk