Fursad Times बिहिबार, आषाढ ११, २०७७

भक्तपुर । नेपालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको गण्डकी अस्पताल आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरे सङ्गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । उनी असार ८ गते अस्पताल भर्ना भएका उनको स्वास्थ्य थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा उनको गय राती निधन भएको हो ।