Fursad Times आइतबार, चैत्र २०, २०७८

विगत लामो समय देखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएको साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वाड नं.९ को सभा हलमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति के के कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसि दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो ।  उक्त एकल कविता वाचन कार्यक्रममा कवि, प्राज्ञ लक्ष्मी उप्रेतीले आफुद्धारा सिर्जित २० वटा कविताहरु आफुले र अतिथि कविहरूले वचान गर्नु भएको थियो । कार्यक्रमको समुद्घाटन पानसमा बत्ति बाल्दै उप्रेतीद्वारा लिखित एउटा कविता वाचन गरेर प्रमुख अथितिले गर्नु भयो ।       संगीतको मधुरो धुन सँगै कार्यक्रममा सम्पन सो कार्यक्रममा उहाँ विभिन्न क्षेत्रबाट सम्मानित हुनुभएको थियो । वरिष्ठ कवि दिनेश अधिकारी, प्राज्ञ सुलोचना मानन्धर, महेश पौड्याल, विना थिङ, भरत गुरागाई लगायत कविहरुले उहाँले लेख्नु भएका कविताहरु वचन गर्नु भएको थियो । कवितामय बधानेको हलमा कविता प्रेमी राम्रो उपस्थिति थियो। कविता सँगै उक्त कार्यक्रमा लक्ष्मी उप्रेतीद्धारा लेखिएको गायक सन्देश पौडेलको आवाजमा रहेको “जिन्दगी” नामक गीतको अडियो समेत सार्वजनिक गरिएको थियो । वुढानिलकण्ठ नगर पालिकाका नगर प्रमुख उद्धव खरेलेले शुभकामना र ९नं वडाका का वा अध्यक्ष सुमित्रा पाण्डेले स्वागत मन्तव्य गर्नु भएको थियो भने कवि महेश पौडेलले कविबारे छोटकरिमा चर्चा गर्नुभयो। कवि लक्ष्मी उप्रेतीलाई अन्य केही संस्थले सम्मानपत्र र उपहार समर्पण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि ले कवि र कविताको शक्ति बारे खुलेर प्रशंसा गर्नुभयो। कार्यक्रमा उपस्थित अतिथी, विभिन्न साहितयकार, पत्रकाहरुलाई कखरपत्र,सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । अन्तमा सभापति ले सभापतिय मन्तव्यका साथ सभा बिसर्जन गरेर कार्यक्रम सफलता पूर्वक सम्पन्न भयो।