Fursad Times मंगलबार, कार्तिक ०२, २०७८

न्यादी हाइड्रोपावर कम्पनिको प्री-अलोटमेन्ट सम्पन्न । आईपिओ बाँडफाँड कहिले ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ ।
दशै अगाडि सर्वसाधारणको लागि आईपियो निस्कासन गरेको यश हाइड्रोपावरको आईपिओ बाँडफाँड हुने मिति नजिकिदै आएको छ । आईपिओ बाँडफाँड हुनु भन्दा पहिलाका सम्पुर्ण तयारी लगभग सकि सकेको छ । मगलबार कम्पनिको आईपियोको प्री अलोटमेन्ट सकिएको छ भने कम्पनिको आईपियो यसै साता बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यहि आउदो शुक्रवार यस कम्पनिको आईपियो बाँडफाँड गर्ने तयारी भै रहेको जानकारी दिएको छ ।

न्यादी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागी प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियाे । जसमध्ये २% अर्थात् ४५ हजार कित्ता सेयर कम्पनिका कर्मचारीहरुका लागि , ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

आईपिओ भर्ने अन्तिम दिनसम्म २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले २ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १४.०८ गुणा धेरै हो ।

मागभन्दा बढी आवेदन परेकाे हुनाले कम्पनिको आईपीओ गाेला प्रथाबाट बाँडफाँड गरिनेछ भने आईपिओ पाउन आवेदकले भाग्यकै भर पर्नु पर्ने हुन्छ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ९ हजार २ सय ५० जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी २१ लाख ४७ हजार जना आवेदककाे भने हात खाली हुनेछ ।

 

https://youtu.be/u0UuxnbgAwA