Fursad Times शुक्रबार, आश्विन ०८, २०७८

भक्तपुर । न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ)असोज १५ गतेदेखि निष्काशन गर्ने भएको छ । यस कम्पनिले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

कम्पनिले निष्काशन गर्न लागेको कुल सेयर मध्ये २ प्रतिशत (४५ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी २० लाख ९२ हजार ५० कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा असोज १५ गते देखि असोज १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनिको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि पहिलो चरणमा भदौ १ गतेदेखि आयोजना प्रभावित क्षेत्र लमजुङवासीलाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

https://youtu.be/CWlP0k5ePVA