Fursad Times शुक्रबार, आश्विन ०८, २०७८

अहिले लगातार एकपछि अर्काे गर्दै आईपीओ आईरहेका छन् । लगानीकर्ताहरुको पनि आइपियो प्रती झुकाब बढिरहेको छ । यस्तैमा महिला लघुबित्त र जीवन बिकास लघुबित्त जस्तै लगानिकर्ता नालामाल बनाउने अर्को लघुबित्तले पनि आइपियो निस्कासन गर्दै छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार आईपीओ जारी गर्ने भएको हो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ । यति सम्म बुक भ्यालु भएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर १०० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनुभनेको एकदमै राम्रो अवसर हो ।

आईपीओ जारी गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भै सकेको छ ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको छ ।

तपाई हामी सबैलाई अहिले आईपीओ पर्ने अवस्था धेरै कम छ । उही भाग्य भराेसा जस्तै छ । किनभने आईपीओमा आवेदन दिनेकाे संख्या नै अत्याधिक हुने गरेकाे छ । तर यसाे भन्दैमा तपाईले आवेदन दिन छाेड्नु हुँदैन् ।

सबै एउटै मान्छेलाई आईपीओ परिरहेकाे पनि हुँदैन् । त्यसैले तपाईलाई पनि कुन दिन पर्छ थाहा हुँदैन् । महिला लघुवित्त र जीवन विकास लघुवित्त जस्तै एक हजारबाट ५० हजार पुग्ने खालकाे तपाईलाई परिदियाे भने धेरै आईपीओ परे बराबर एउटा आईपीओ हुन्छ । त्यसैले आवेदन दिन नछाेड्नु हाेला ।

सर्वसाधारणका लागि आइपियो जारि गर्न लागेको यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति सार्वजनिक गरेको छैन् । यस अघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथी सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।

 

https://youtu.be/CWlP0k5ePVA