Fursad Times आइतबार, आश्विन ०३, २०७८

भक्तपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्व ७ विकेटको सान्दार जित

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपालले कसिलो बलिङ गर्दै ओमनलाई ३७.१ ओभरमा सबै विकेट लिदै १२२ रनमा अलआउट गराउदा नेपाले सो लक्ष्य १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको आजको जितमा कप्तान ज्ञानेन्द्र मल्लले ५२ रनको अर्धशतकीय इनिङ्स खेले भने ओपनर आसिफ शेखले ४० रन जोडे । शरद भेषवाकर १ रनमा रहे भने ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६र६ रनमा आउट भए । ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।

टस जितेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक ४१ रन बनाउँदा नशिम खुशीले १२ रन र करिमुल्लाहले ११ रन बनाए।

आजको खेलमा ओमनलाई सस्तैमा अलआउट गर्न नेपालका करण केसीले ८ ओभरमा २० रन दिँदै ४ विकेट लिए भने सन्दीप लामिछानेले ८.१ ओभरमा १८ रन दिँदै ४ विकेट लिए। त्यस्तै शरद भेषवाकरले २ विकेट लिए।

सिरिजमा नेपालले यसअघि तीन खेल खेलिसकेको छ। तीन मध्ये नेपाल दुई खेलमा पराजित भइसकेको छ । पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपाल अमेरिकासंग ४ विकेटले पराजित भएको थियो।

पहिलो सिरिजमा ओमनसँग हार ब्यहोरेको नेपाल आज बदला लिएको छ।