Fursad Times शुक्रबार, आश्विन ०१, २०७८

मानुषी लघुबित्त बितिय सस्थाको सेयर दोस्रो बजारमा कहिले आउँछ ? यसले दोस्रो बजारमा कारोबार गर्दा पहिलो कारोबार कतिमा होला ? आइपियो पर्ने लगानी कर्ताको चासोको बिषय बनेको छ।
मानुषी लघुवित्त वित्तीय कम्पनीको आईपीओ भदौ ७ गते बाँडफाँड सम्पन्न भएको छ । आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट ३६ हजार ८५९ जना लगानीकर्ताले भाग्यमानी ठहरिएका थिए । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १०–१० कित्ता सेयर हात पारेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले यस कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्मको मूल्य रेञ्ज दिन सक्नेछ । नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । त्यसैले कम्पनीले पहिलो कारोबारको लागि न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि  अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको मूल्य रेञ्ज पाउन सक्छ ।   कम्पनीले साउन २७ देखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको थियो । लगानीकर्ताको भागमा ३ लाख ८ हजार ५९३ कित्ता सेयर रहेको थियो ।

https://youtu.be/grujEd2YM68