Fursad Times शुक्रबार, भाद्र २५, २०७८

तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारण सेयर (आइपियो) बाँडफाँड सम्पन्न भएको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आठ लाख कित्ता आईपीओ बाँडफाँड भएको हो । मंगलबार प्रिअलोटमेन्ट सकिएको तेह्रथुम पावरको सेयर बाँडफाँड भने आज शुक्रवार बाँडफाँड भएको हो ।

कूल २३ लाख ९६ हजार ३४८ जनाले आवेदन दिएको आईपिओ जम्मा ७४ हजार ४०० जनाले मात्रै १०-१० कित्ता सेयर हात पार्दा बाँकी रहेका २३ लाख २१ हजार ९४८ जना भमने हिस्स परेका छन । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । जसमध्ये कुल शेयरको २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँड गरिएको थियो ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथामार्फत आईपिओ बाँडफाँड गरिएको छ । आईपिओ निष्काशन पछि कम्पनीको कूल चुक्ता पुँजि ४० करोड पुग्नेछ । कम्पनीले जारी पुजिको २० प्रतिशत अर्थात १२ करोड रुपयाँको १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो ।

कम्पनिको आइपियोको रिजल्ट तलका माध्यमबाट हेर्न सकिन्छ  iporesult.cdsc.com.np

https://youtu.be/LGSbZaqUcU0