Fursad Times बुधबार, भाद्र २३, २०७८

नेपाली सेयरबजारमा अहिले एक पछि अर्को कम्पनिले धमाधम आइपियो निस्कासन गरि रहेका छन । आइपियो जसरी निस्कासन भएको छ आइपियोमा लगानिकर्ताको लगाव पनि त्यही अनुपातमा बढी रहेको छ । त्यसैमा मनकामनाले पनि २ लाख ४० हजार लगानिकर्तालाई १०-१० कित्ता पर्ने गरि आइपियो ल्याउने भएको छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड रूपैयाँ बराबरको २४ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झाैतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।

मनकामना इन्जिनियरिङ्गले दोलखास्थित ५ मेगावाट विद्युत क्षमताको आयोजना सञ्चालन गरिरहेको छ ।

 

https://youtu.be/fNt4y-NnM64