Fursad Times बुधबार, भाद्र २३, २०७८

तेह्रथुम पावर कम्पनी लिमिटेडले बिक्रीमा ल्याएको आइपीओको प्रि अलाेटमेन्ट सम्पन्न भएको छ । शुक्रबार कति बजे बाँडफाँड हुन्छ ? ७४ हजार ४ को भाग्य खुल्दा २३ लाख बढी हिस्स ।

तेह्रथुम पावर कम्पनीको आइलियो बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार यस कम्पनिले निस्कासन गरेको साधारण सेयर (आइपियो )को मंगलबार प्रि अलाेटमेन्ट सम्पन्न भएको छ भने आउँदो शुक्रबार शेयर बाँडफाँड गर्ने तयारी भै रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि लागि ४ लाख कित्ता शेयर सार्वजनिक गरेको थियो । यो संख्या कुल पूँजीको १० प्रतिशत हो भने सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमा कुलसेयरको २ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ताका  सर्वसाधारणका लागि छुट्याएको थियो ।

सबै लगानी कर्ता तेह्रथुम पावर कम्पनिको आइपियोको बाँडफाँडको प्रतीक्षामा थिए जुन शुक्रबार बिहान सबैको प्रतीक्षा सकिने छ । कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । भाद्र १३ गते सम्ममा कम्पनीको शेयरमा भण्डै २४ लाख हाराहारीमा आवेदन दिएका थिए ।

 

https://youtu.be/BvHQQ8GyW8c