Fursad Times मंगलबार, भाद्र २२, २०७८

लामाे समय देखी मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकरण कहिले होला भनेर पर्खाईमा रहेका लगानीकर्ताहरुले केही सम्य पर्खिनु पर्न भएकाे छ । साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएर सेयर बाँडफाँड गरेको लघुवित्तको शेयर अर्को साता मात्रै सूचीकरण हुने भएको हो । सूचीकरण सम्बन्धी सम्पुर्ण सकिएको भएता पनि लघुवित्तको सिईओ काठमाडौं बाहिर रहेकोले शेयर सूचीकणमा ढिलाई भैरहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको छ । लघुवित्तको सिईओ काठमाडौं आइपुगे लगतै शेयर सूचीकरण गरि दोस्रो बजारमा कारोबार खुलाउने एसविआई क्यापिटलको तयारी छ ।

 

https://youtu.be/U9cqpCnsdsI