Fursad Times शुक्रबार, भाद्र १८, २०७८

https://youtu.be/DnHqys8jT-w

सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) आज बाट बिक्री खुल्ला गरेको छ । साउन २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएकाे साधारण सेयर (आईपीओ) कोरोना भाइरसकाे संक्रमणका कारण स्थगित गरिएकाे थियाे ।

यस कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्न बाेर्डले अनुमति दिएकाे छ ।

जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि छुट्याइएकाे छ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि छिटाेमा असाेज १ गतेदेखि ढिलाेमा असाेज १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताले नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।