Fursad Times बिहिबार, भाद्र १७, २०७८

भक्त्पुर – भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको हृदयाघात कारण आज मृत्यु भएको छ । मुम्बइको कुपर अस्पतालले ४० वर्षका सिद्धार्थ शुक्लाको मृत्यु भएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । सिद्धार्थ १० वर्षभन्दा धेरै समयदेखि सानो पर्दामा सक्रिय थिए । बिग बोस विजेता बनेपछि उनले सानो पर्दामा पहिचान बनाएका थिए । यसका अलावा उनी खतरों के खिलाडी मा पनि देखिएका थिए । बालिका वधुमा पनि उनले अभिनयको छाप छोडेका थिए ।