Fursad Times बिहिबार, भाद्र १७, २०७८

https://youtu.be/PtvsfPmQE9k

भक्तपुर । केही दिन अघि मात्रै आइपियो जारी गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपीओमा झन्डै २३ लाख आवेदकले ३ अर्ब १० करोड ९२ लाख रूपैयाँ बराबरको ३ करोड १० लाख ९२ हजार ३० कित्ता शेयर खरिदका लागि आवेदन दिएको बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी दिएको छ ।

यश कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत ( १६,०००) कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत ( ४०,००० ) कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता शेयर सर्वसाधारणमा लागि बिक्री खुल्ला गरेको थियो । कुल आवेदक मध्ये ७४ हजार ४ सय आवेदकले १०-१० कित्ताको दरले सेयर हात पार्नेछन भने बाँकी रहेका २३ लाख भन्दा बढिको यो पटक पनि हात खाली नै रहने छ ।

तेह्रथुम पावर कम्पनी लिमिटेडको हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि यस कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ । आइपियोको अहिले भेरिफाई भै रहेको एनआईविएल एस क्यापिटलले जानकारी दिएको हो । भेरिफाइको सम्बै काम सकेर बोर्डमा दिने तयारी भै रहेको र बोर्डले अनुमती दिए यस कम्पनीको आइपीओ बाँडफाँड आइतबार सम्म हुने सम्भावना रहेको छ।