Fursad Times बिहिबार, भाद्र १७, २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र १७ गते बिहीबार इश्वी सन २०२१ सेप्टेम्बर २ तारीख भाद्र कृष्णपक्ष एकादशी तिथी आद्र्रा नक्षत्र सिद्धि योग वव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा काण योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्मार्तहरुको अजा एकादशीव्रत ( ज्यो.प.सरोज घिमिरे )

मेष राशि
बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेको छ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ भने मित्रजनहरुसगँको सम्बन्धमा प्रगाढता छाउने छ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । आज दुर्घटना पुर्ण यात्राको सम्भावना रहेकोले यात्रा गर्दा सजग अपनाउनु होला । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

बृष राशि
आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्ने भएकाले कार्य सम्पादनमा गोपनियताको ध्यान दिनुहोला । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ ।

मिथुन राशि
आज तपाइको नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहे पनि साझेदारी काममा हात नहाले कै राम्रो हुने छ । मनमा सामन्य चिन्ता ले सताउने भेकाले शारिरिक आलस्यता ले बढने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । दाम्पत्य जीवनमा सामान्य खटपट हुने सम्भावना रहेको छ ।

कर्कट राशि
आज साथिभाई सङ्गको भेटमा साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब व्यक्तिको संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । आज तपाइको ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । जसले गर्दा नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

सिंह राशि
विस्वास गरेकाहरुबाट धोका हुन सक्छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

कन्या राशि
मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । खानपानको क्षेत्रमा सजग रहनु होला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ ।

तुला राशि
तपाईले गरेको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । यात्राकारक दिन रहेकोछ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुले भनेको भरमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

बृश्चिक राशि
शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । आजको दिनमा मालसामानको क्षति ब्यहोर्नू पर्न सक्ने भएकाले सजग रहनु होला । मान्यजनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध उत्पन्न होला । निरन्तर भइरहेका कार्यबाट बिशेष लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

धनु राशि
आजको दिन तपाइको प्रेम जीवनमा सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसायको क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले विस्वास गरेको व्यक्तिबाट बिश्वसघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

मकर राशि
तपाईका शुभ चिन्तकहरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि
आज तपाइलाई पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रत्याशित सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आज व्यवसायीक रुपमा भने साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन ।

मिन राशि
प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेकाले यस्ता कुरामा ध्यान दिनु होला । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।