Fursad Times मंगलबार, भाद्र १५, २०७८

https://youtu.be/klUbvRrnjFY

नेपाली सेयरबजारमा आइपियोको बाढी नै आइरहेको छ । एक पछि अर्को कम्पनिले आइपियो निस्कासन गरि रहेका छन भने अझै धेरै कमनिहरुले आइपियो निस्कासन गर्न बोर्डमा अनुमति मागेर बसि रहेका छन । आइपियोमा लगानी गर्ने लगानिकर्ता पनि त्यही अनुपातमा बढी रहेका छन ।

आर्थिक वर्ष २०७८/७९ मा १५ कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । साढे ५ करोड कित्ता हाराहारीको आईपीओका लागि अनुमतिको प्रक्रियामा छन् ।

५ अर्ब ५० करोड ३ लाख ४ हजार ८०० रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ५ करोड ५० लाख ३० हजार ८४ कित्ता आईपीओको यो आर्थिक वर्षमा जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

  १५ वटा कम्पनीको ५ करोड ५० लाख ३० हजार ४८ कित्ता आईपीओ पनि यसै वर्ष जारी हुने प्रक्रियामा रहेको धितोपत्र बोर्डले जनाएको छ । आईपीओ निश्कासनका लागि आवेदन दिएका तर प्रक्रिया नपुगेका कम्पनीहरुलाई बोर्डले आवश्यक सहजीकरण गरिरहेको बोर्डका सूचना अधिकारी केसीले बताए ।

उक्त आईपीको मूल्य ५ अर्ब ५० करोड ३० लाख चार हजार ८ सय रुपैयाँ बराबर छ । पाइपलाइनमा रहेकामध्ये १२ वटा आईपीओ जलविद्युत कम्पनीको छ । यस्तै एक इन्स्योरेन्स, एक सेवा क्षेत्र र एक लघुवित्त कम्पनी छन् ।

साथै यही आर्थिक वर्षमा थप ४ जीवन बीमा कम्पनीको आईपीओ पनि सार्वजनिक निष्काशनमा आउने छन् । तीन वर्षअघि स्वीकृति पाएका १० जीवन बीमा र तीन निर्जीवन बीमा कम्पनीमध्ये ९ कम्पनीले आईपीओ जारी गरेका छन् । बाँकी ४ कम्पनी आईपीओ जारी गर्न निवेदनको चरणमा छन् ।