Fursad Times सोमबार, भाद्र १४, २०७८

https://youtu.be/m6J9EurlsbM

भक्तपुर – सानिमा लाइफ इन्स्योरेन्सको सेयर लगानीकर्ताको डिम्याट खातामा आएकोछ । सानिमाको सेयर लिष्टिङ्ग भए पश्चात अब यसको दोश्रो बजारमा शेयर किनबेच हुँदै छ । यस इन्स्योरेन्सको कारोबार दोस्रो बजारमा कहिले होला र दोस्रो बजारमा आए पछि पहिलो शेयर कारोवार कतिमा होला ? आम लगानीकर्तालाई चासो छ ।

अघिल्लो शनिबार सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ आवेदकहरु मध्ये २३ लाख ८ हजार १२२ आवेदनमा योग्य ठहरिएका थिए । जसमा ५ लाख ४० हजार आवेदकले १०–१० कित्ता सेयर पाउँदा १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि भएको थियो ।
आइपियो बाँडफाँड पश्चात दोस्रो बजारमा यसको कारोबार कहिले र कतिमा होला भन्ने सबै लगानी कर्ताको चासोको बिषय बनेको छ । कम्पनीले पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने अनुमान छ । सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६÷७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले यसको आर्थिक वर्ष ७५÷७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ । आइतबार मात्र लगानिकर्ताको डिम्याटमा सेयर आएको सानिमाको यहि हप्ताबाट कारोबार हुने अनुमान गरिएको छ ।