Fursad Times शनिबार, भाद्र १२, २०७८

भक्तपुर । नेपाली सेयर बजारमा आइपियो भनेको संख्या दिनानुदिन रुपमा बढदै भएकाले अब नेपाल धितोपत्र बोर्डले अरूको नामबाट आईपीओ भर्ने कार्य बन्द गर्ने गरी काम अगाडि बढाएको छ । जसले गर्दा आइपिओ पर्ने सम्भावना बढ्नेछ ।

शेयर लगानीकर्ताहरूको सहजताका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन माध्यमबाट केवाईसी (आफ्नो व्यक्तिगत विवरण ) दर्ता गराउने प्रणाली सुरु गर्ने भएको छ । पहिला शेयर लगानीकर्ताहरूले केवाईसी दर्ता गर्न बैंक तथा संस्थासम्म धाउनु पर्थ्यो तर अहिले बैंक तथा संस्थामा धाउनु नपर्ने गरी सीडीएससीले यस्तो सिस्टम विकास गर्न थालेको हो । त्यसो त नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए पछि पश्चात सीडीएससीले यसको तयारी थालेको थियो ।

यो प्रणाली कार्यान्वयनमा आएपश्चात लगानीकर्तालाई केवाईसी भर्न कै लागि बैंकहरूमा धाउनु पर्ने छैन । केवाईसीबाट लगानीकर्ताको विवरण संकलन गर्दा शेयर कसले भरेको हो र कहाँबाट भरेको हो भन्ने जानकारी प्राप्त हुने भएकाले एकै जनाले धेरै जनाको नाममा आईपीओ भर्ने प्रवृत्ति नियन्त्रण हुनेछ । यसरी अब अरुको नाममा एकै व्यक्तिले धेरै आइपियो भर्ने प्रवृती नियन्त्र हुने भएकाले अहिलेको तुलनामा आइपियो पर्नेको सम्भावना धेरै हुन्छ भने आइपियोलाई नै आफ्नो जागिर बनाई धेरै व्यक्तिको नाममा आइपियो भर्नेको लागि भने टाउको दुखाइको बिषय बन्ने भएको छ ।

https://youtu.be/pFnNk4aNyJ8