Fursad Times बुधबार, भाद्र ०९, २०७८

गायक राजन श्रेष्ठ “आउँदिनौ र मायाँ” लिएर आएका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठ ले नै गरेका छन्। तेज्ना इन्टरटेन्मेन्ट को युटुब च्यानल बाट सार्वजनिक गरिएको भिडियो को निर्माण पनि तेज्ना इन्टरटेन्मेन्ट ले गरेको हो। बिनय कार्कीको एरेन्ज, रोशन बालुवा को मिक्सिङ्ग माष्टरिङ रहेको गीतको भिडियो छायाङ्कन, सम्पादन संजीव के घिसिङ्ग ले गरेका छन्।आर्या गुरुङ्ग को मेकअप मा मोडल अस्मिता ढकाल र रोशन श्रेष्ठको जीवन्त अभिनय गरेको छ। बाल कलाकार सृष्टि पौडेल र सन्दीप पौडेल को पनि अभिनय हेर्न पाइन्छ। धादिङ को रमणीय दृश्य हरु कैद गरिएको भिडियो लाई दर्शक हरु ले रुचाएका छन्।