Fursad Times मंगलबार, भाद्र ०८, २०७८

https://youtu.be/13dQKmg0lrc

भक्तपुर – नेपाली सेयर बजारमा एक पछि अर्को गर्दै विभिन्न कम्पनिको आइपियो आइरहेका छन । आधा दर्जन भन्दा बढी कम्पनिले आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाई आकेका छन भने धेरै कम्पनिहरु पाइपलाइनमा छन । यस्तैमा फेरि एउटा लघुबित्तले ठूलो मात्रामा आइपियो निस्कासन गर्न बोर्डबाट अनुमती पाएको छ । एनआइसि एसिया लघुबित्तले सर्वसाधारणका लागि साधारण सेयर (आइपियो ) निस्कासन तथा बिक्री गर्ने भएको छ । यस लघुबित्तले ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता प्राथमिक सेयर (आइपोयो) निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ ।

एनआइसी एसिया लघुबित्तले आफ्नो कुल चुक्ता पूँजी १ अर्ब १ करोडको ४९ प्रतिशत हुने ४७ लाख ५५ हजार कित्ता आइपियो निस्कासन गर्न अनुमती पाए सङ्गै सर्वसाधारणको लागि यति धेरै आइपियो निस्काने गर्ने लघुबित्तहरु मध्ये एनआइसी एसिया सबै भन्दा ठूलो पहिलो लघुबित्त बनेको छ ।

जाजरकोटमा केन्द्रिय कार्यलय रहेको यस लघुबित्तले धेरै जिल्लाहरुमा अफ्नो साखा खोलेर कारोबार गरि रहेको छ । धेरै मात्रामा आइपियो जारी गर्न लागेको भएर यस लघुबित्तको आइपियो पर्नेमा लकानिकर्ताहरु मख्ख छन । धितोपत्र बोर्डबाट आइपियो निस्काआन गर्न अनुमती पाए पनि यस लघुबित्तले सर्वसाधारणको लागि कहिले आइपियो जारी गर्छ भनेर समय भनी तोकेको छैन । बोर्डबाट अनुमती पाई सकेको भएकाले यस लघुबित्तले चाडै नै आइपियो निस्कासन गर्नेछ ।