Fursad Times आइतबार, भाद्र ०६, २०७८

https://youtu.be/sh5DkVPTzhg

तपाइ आइपियो भर्दा आइपियो नपरेर हैरान हुनुहुन्छ ? किन तपाइलाई आइपियो पर्दैन त ? आइपियो नपरे पनि कसरी कमाउने त सेयर बजारबाट लाखौ रुपैयाँ ? अहिले नेपाली सेयर बजारमा आइपियो खुल्दा आइपियोमा आवेदन दिनेको संख्या दिनानुदिन बढदै गै रहेका छन । डिम्याट खाता खोल्नेको संख्या ४० लाख नाघी सकेको छ भने आइपियो भर्नेको संख्या २५ लाख पुगि सकेका छन । यस्तो अवस्थामा कम्पनीको आइपियो खुल्दा बिक्रि प्रबन्धलाई आइपियो बाँडफाँड गर्न गोलाप्रथा गर्नु परेको छ भने लगानीकर्ताले आइपियो पाउन भाग्यमा भर पर्नु परेको छ । जसले गर्दा धेरै लगानीकर्ता आइपियो नपरेर खालि हात हुने गरेका छन । आइपियोमा माग भन्दा धेरै आवेदन पर्ने हुनाले धेरैलाई आइपियो पर्दैन । यस्तो अवस्थामा आइपियो नपर्दा सेयर बजार लगानी गरेर कसरी कमाउने त ? कसरी सेयरको कारोबार गर्ने त ?

तपाइलाई आइपियो परेन चिन्ता नगर्नुस तपाइलाई आइपियो नपरे पनि कसरी सेयर बजारबाट लाखौं कमाउने त ? यदि तपाइलाई आइपियो परेको छैन भने अब आइपियो मात्र कुरेर नबस्नुस । आइपियो भर्ने पैसा तपाईं दोस्रो बजारमा लगानी गर्नुस जसले गर्दा तपाइलाई आइपियो नै कुरेर बस्नु पर्दैन । अहिले आइपियो भर्नेको संख्या दिनानुदिन बढ्दै गै रहेको हुनाले आइपियो नपर्ने सम्भावना धेरै रहेकाले पनि अब आइपियोको पर्खाइमा बस्नु भन्दा secondary मार्केट हात हाल्नु फलदायी हुन्छ ।
अब कसरी दोस्रो बजारमा प्रेवस गर्ने र कस्ता कम्पनिमा लगानी गर्ने त ?
तपाईं यदि सेयरको दोस्रो बजारमा प्रवेस गर्दै हुनुहुन्छ भने सबै भन्दा पहिला कम्पनिको छनोटमा ध्यान दिनु पर्छ । तपाइले कम्पनी छनोट गर्दा उक्त कम्पनिले बिगतमा कस्तो प्रगती गरेको छ ? उक्त कम्पनिको बित्तिय स्थिति कस्तो छ । कम्पनिको व्यवस्थापन कस्तो छ भनेर सबै बुझेर लगानी गर्दा तपाइको लगानी फस्दैन । त्यस्तै तपाइले कुनै कम्पनिको सेयर खरिद गर्दै हुनुहुन्छ भने उक्त कम्पनीको इपिएस रेसियो अर्थात प्रती सेयर आम्दानी कस्तो छ त्यो पनि बुझ्नु पर्छ । तपाईंले प्रतिसेयर आम्दानी राम्रो भएको कम्पनिमा लगानी गर्नु राम्रो बयो भने तपाइको लगानी फस्दैन । त्यस्तै यदि तपाईं नयाँ लगानी कर्ता हुनुहुन्छ भने सुरुमा दोस्रो बजारमा लगानी कर्दा थोरै मूल्य भएका कम्पनिमा लगानी गरेर प्रवेस गर्नुस जसले गर्दा तपाइलाई आर्थिक भार पनि कम हुन्छ । यसरी थोरै मूल्य भएका कम्पनिमा लगानी गर्दा तपाइको लगानी पनि थोरै भए पुग्छ र थोरै लगानी हुँदा केहि समय होल्ड गरेर राख्दा नि फरक नपर्ने हुन्छ । अहिलेको बजार हाइड्रोपावरले राम्रो मार्केट लिइ रहेको छ । यदि तपाइले हाइड्रोपावरमा लगानी गर्नु भयो र केही समय होल्ड गर्नु भयो भने तपाइलाई लेहि समयमै राम्रो फाइदा हुन्छ । त्यसैले तपाइ अब आइपियो कुर्नु भन्दा पनि दोस्रो बजारमा लगानी गरि लाखौं कमाउने तर्फ लाग्नुस ।