Fursad Times शनिबार, भाद्र ०५, २०७८

भक्तपुर – हाँस्यकलाकार शम्भुराज थापाको कोरोनाको कारण मृत्यु भएको छ । लामो समय देखि पाटन अस्पतालमा उपचाररत उनको शनिबार विहान मृत्यु भएको हो।

कोरोना संक्रमण भएपछि एक महिना अघि पाटन अस्पतालमा भर्ना भएका थिए। हास्य टेलिश्रृंखलाहरु हल्का रमाइलो, गोलमाल, भद्रगोल, मेरी बास्सैलगायतमा अभिनय गरेका ६४ वर्षका थापाले केही चलचित्रमासमेत अभिनय गरेका थिए।