बरहथवा – 2 राष्ट्रिय सभाका उपाध्यक्ष शशीकलाले सोमवार सर्लाहीको बरहथवा नगरपालिकाको निरीक्षण गरेकी छन् ।
उनलाई मेयर देवानन्द महतो र उपमेयर सीतादेवी माझी लगायतले बरहथवामा स्वागत गरे । स्वागत ग्रहणपश्चात मन्तव्य राख्दै राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले संघीयतामा अधिकारका विषयलाई लिएर तीन तहका सरकारबीच विवाद देखिएको र अहिले निर्माण भइरहेका कानुन तय भएपछि स्थानीय तह, प्रदेश र संघ आ–आफ्नो कानुनबारे स्पष्ट हुने बताईन् ।
दहालले जनतासँग सोझै जोडिने भएकाले संघियता कार्यान्वयनमा सबै भन्दा महत्वपूर्ण भूमिका स्थानीय तहहरुकै रहेको उल्लेख गरिन् ।
बरहथवा आउनुभएको अवसरमा दाहालले नगरपालिका कार्यालयको सम्पूर्ण शाखाहरुको निरीक्षण गरेको नगरपालिकाको कानुनी सल्लाहकार महेश बरालले उज्यालो अभियानसँग बताए ।