Fursad Times सोमबार, साउन ३२, २०७८

जीवन बिसक लघुबित्तले लगानिकर्तालाई मालमाल बनायो । आज १२ दिन पनि सकारात्मक सर्किट । कति सम्म पुग्छ र यसको प्रती कित्ता कारोबार ?

जीवन विसाक लघुबित्तको  १२ दिन दोस्रो बजारमा कारोबार भएको छ । कुल १२ दिन दोस्रोबजार कारोबार भएकोमा ८ दिन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबारको पहिलो दिनमा ९१४ रुपैयाँमा कारोबार प्रारम्भ भएको कम्पनीको शेयरमूल्य १२ दिनसम्म आईपुग्दा यो भिडियो तयार पार्दा सम्म २ हजार  ९ सय ३४ रुपैयाँ ०८ पैसा पुगेको छ । एक महिनाअघि यो कम्पनीको १००० रुपैयाँमा १० कित्ता आईपीओ पाउने लगानीकर्ताहरुले अहिले २९ हजार रुपैयाँ भन्दा बढी आम्दानी कमाइसकेका छन् । अझै बजारमा कम्पनीको शेयरको माग हेर्दा कम्पनीको शेयर मूल्य वृद्धि भै प्रती सेयर ६ हजार माथि पुग्ने अनुमान लगाउन सकिन्छ । हालै कम्पनीले जारी गरेको अघिल्लो आर्थिक वर्षको वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ११३ रूपैयाँ ३४ पैसा रहेको छ ।

गत आर्थिक वर्षमा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।  केहि महिना अघि आईपीओ जारी गरेको महिला लघुवित्त संस्थाको शेयर मूल्य करिब ६ हजारको आसपासमा पुगेको हुनाले पनि लगानीकर्ताहरु यो कम्पनीको शेयर मूल्य त्यसैको हारहारीमा पुग्न सक्ने अनुमानले यो कम्पनीको शेयर बेच्न तयार देखिँदैनन् ।

https://youtu.be/p2IuV7ugNNk