Fursad Times सोमबार, साउन ३२, २०७८

लगानी कर्तालाई मालामाल बनाउने ४ लघुबित्तले आइपियो जारी गर्दै । कुन कुन लघुबित्तले कति कती आइपियो जारी गर्दै छन त ?
पछिल्लो समय नेपाली सेयर बजारमा प्राथमिक साधरण सेयर (आइपीओ) को बाढी नै लागि लागेको छ । पछिल्लो समय विशेष गरि जलविद्युत् कम्पनी, बीमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीले पूँजी वृद्धि गर्न धमाधम आइपीओ जारी गर्न थालेका हुन् । आर्थिक वर्ष शुरु भएयता हप्तै पिच्छे कम्तीमा एक कम्पनीले आइपीओ निष्काशन गरिरहेका अवस्थामा आधा दर्जन कम्पनीले आइपियो निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।

त्यस्तै नेपाल धितोपत्र बोर्डमा हाल करिब डेढ दर्जन कम्पनीहरु आइपीओ जारी गर्न अनुमति माग्दै पाइपलाइनमा बसेका छन् । यसरी धेरै कम्पनिले आइपियो निस्काआन गरि रहेको बेला सेयर बजारमा निकै आकर्षक मानिने ४ वटा लघुवित्त क्षेत्रका कम्पनीले आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । ती ४ कम्पनीहरुले आइपियो निस्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

कुन कुन हुन त ती ४ कम्पनी अनि कति कित्ता आइपियो निस्कासन गर्दै छन त ? ती ४ कम्पनिहरु हुन नेस्डो समृद्ध लघुबित्त । यस लघुबित्तले धितोपत्र बोर्डमा ८ लाख २८ हजार ७५० कित्ता आइपियो निष्कासन गर्न अनुमती माग गर्दै निवेदन दिएको छ । अर्को रहेको छ जल्पा सामुदायिक लघुबित्त , यसले ५ लाख २२ हजार कित्ता, साधारण सेयर निस्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तले पनि ८ लाख ५० हजार कित्ता सेयर निस्कासन गर्न अनुमती माग गरेको छ भने उपकार लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता आइपीओ जारी गर्न बोर्डमा अनुमती मागेको । यी ४ लघुबित्तले कुल २४ लाख ६७ हजार कित्ता आइपीओ जारी गर्ने भएका हुन् । बोर्डमा आइपियो निस्कासन तथा बिक्रिको लागि निवेदन दिएर बसेका यी ४ कम्पनिले बोर्डको स्वीकृतिपछि यी लघुवित्तले सर्वसाधरणमा सेयर जारी गर्नेछन् ।

https://youtu.be/zenomnbRMuw