Fursad Times शनिबार, साउन ३०, २०७८

भक्तपुर – नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि एउटा लघुबित्तले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ । एनआईसी एशिया लघुवित्तले साढे ४७ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

अहिले सर्वसाधारणमा आइपियो मोह दिनानुदिन बढदै गै रहेको वेला सर्बसाधारणमा एकैपटक यति धेरै मात्रामा आईपीओ बिक्री गर्ने एनआईसी एशिया लघुवित्तहरु मध्येमा सबैभन्दा ठूलो कम्पनी हुने भएको छ । एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया लघुवित्तले आफ्नो चुक्ता पूँजी एक अर्ब एक करोडको ४९ प्रतिशत अर्थात ४७ लाख ५५ हजार कित्ता शेयर बिक्रीका गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । ४७ लाख ५५ हजार कित्ता सेयेर निस्कासन गर्दा ४ लाख ७५ हजारले १० कित्ताको दरले आइपियो पाउने छन ।
जाजरकोटमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले खुद नाफा गरेर यसै बर्षबाट लाभांश बाँड्नसक्ने अबस्थामा रहेको छ । यश अर्थ पनि यस लघुबित्तले लगानी कर्तालाई ठूलो मात्रामा मुनाफा दिन सक्ने अनुमान गरिएको छ । धितोपत्र बोर्डबाट आइपियो निस्कासनको अनुमती पाएको यस लघुबित्तले सर्वसाधारणका लागि आइपियो कहिले निस्कासन गर्छ भनेर मिति भने तोकेको छैन । सम्भवत यस लघिबित्तले चाडै नै सर्वसाधारणलाई आइपियो निस्कासन गर्ने छ ।

 

 

https://youtu.be/SMo87slt0Z4