Fursad Times शुक्रबार, साउन २९, २०७८

एनआईसी एशिया लघुवित्तले सर्वसाधारणको लागि ठूलो मात्रामा आइपियो निस्कासन गर्ने भएको छ । यस लघुवित्तले ४७ लाख ५५ हजार कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
एनआइसी एशिया लघुवित्तले आफ्नो चुक्ता पूँजी १ अर्ब १ करोडको ४९ प्रतिशत अर्थात ४७ लाख ५५ हजार कित्ता शेयर बिक्री गर्नाका लागि नेपाल धितोपत्र बोर्डबाट लागि अनुमति पाएसङ्गै सर्बसाधारणमा एकैपटक यति धेरै मात्रामा आईपीओ बिक्री गर्ने एनआईसी एशिया लघुवित्त मध्येमा सबैभन्दा ठूलो कम्पनी हुने भएको छ । यस लघुबित्तको केन्द्रीय कार्यालय जाजरकोटमा रहेको छ ।
अहिले नेपाल पुनर्बिमा कम्पनीले सर्बसाधारणमा शेयर बिक्री गरिरहेको बेला एनआईसी एशिया लघुवित्तको पनि आईपीओ बिक्रीमा आउने भएको छ । बोर्डबाट आइपियो निस्कासनको अनुमती पाएको यस लघुवित्तले कहिले आइपियो निस्कासन गर्छ भनेर समय नतोके पनि चाडै सर्वसाधारण माझ आइपियो आउने अनुमान गरिएकोछ ।

https://youtu.be/27ftAzijHxc