SEE को नतिजा आज प्रकाशित हुँदै

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको परीक्षाफल प्रकाशन सम्बन्धी सूचना

नारायण बस्नेत शनिबार, साउन २३, २०७८

बरहथवा-२ सर्लाही । माध्यमिक शिक्षा परीक्षा (SEE )को नतिजा आज सार्वजनिक गर्ने तयारी हुँदै ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई आन्तरिक मुल्यांकन ( internal evaluation)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ ।
अब को 20 मिनेट पश्चात् नतिजा प्रकाशन हुने बोर्डले बताएको छ ।

कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । साेही  नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो । यसअघि साउन दाेस्राे साताभित्रै तनिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएकाे थियाे ।

नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमकाे फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने बताइएको छ ।