Fursad Times सोमबार, साउन ११, २०७८

भक्तपुर । सरकारले गत वैशाख १६ गते देखि जारी गरेको निषेधाज्ञालाई परिर्वतन गर्दै खुकुलो बनाइए पनि फेरि १० दिने थप्ने निणर्य भएको छ ।
उपत्यकाको तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । १० दिनको लागि निषेधाज्ञा थप गरे पनि निषेधाज्ञाको मोडालिटी भन केहि परिर्वतन गरिएको छैन ।

आजबाट लागु हुने निषेधाज्ञामा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिड हुने कार्यक्रमहरू पहिले जस्तै सञ्चालन गराउन अनुमति दिएको छैन । भने ढुवानीको हकमा बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

https://youtu.be/414CqEUF2Gg