Fursad Times आइतबार, साउन १०, २०७८

भक्तपुर । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर aaipiyo जारी गर्न पालो कुरेर बसेका तीन कम्पनीको ७६ लाख २३ हजार ७५० कित्ता आईपिओ यसै महिना निष्काशन हुने भएता पनि सर्वसाधारणले १० कित्ता आईपिओको लागि भाग्यचिठ्ठा नै कुर्नुपर्ने भएको छ ।

पछिल्लो पटक निफ्राले निस्कासन गरेको आईपिओ सबैले ४० र ५० कित्ता पाएका थिए । त्यस पछि निस्कासन भएका सबै आईपिओ भाग्यचिठ्ठाकै भरमा वितरण भइरहेको छ । अहिले केही व्यक्तिहरुले पेशाका रुपमा आईपिओ भर्ने गरेका कारण आईपिओमा आवेदन दिनेको संख्या २२ लाख पुग्न लागिसकेको छ । जसका कारण आईपिओ बाँडाफाँड गोलाप्रथाबाट गर्नुपरेको छ ।

यो महिना पनि एउटा लघुवित्त वित्तिय संस्था, एउटा जीवन बीमा कम्पनी र एउटा हाइड्रो पावर कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । अनुुमति पाएको मध्ये सानिमाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ त्यस्तै, मानुषी लघुवित्त वित्तिय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । समलिङ पावर कम्पनी लिमिटेडको १२ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निकाल्ने अनुमति पाएको छ । यसको पनि बिक्रि प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेन्ट नै तोकिएको छ । उल्लेखित कम्पनीहरुको आईपिओ अत्याधिक मात्रामा माग पर्ने हुँदा न्यून मात्रै सर्वसाधारणले १० कित्ता पाउने र ठूलो संख्यामा लगानीकर्ताले आईपिओ नपाउने सम्भावना बनेको छ । तर, जेहोस्, यो महिना खुल्ने आईपिओ आवेदन दिनेहरु तीन पटक लक्की ड्रबाट एउटा न एउटामा त कसो नपर्ला भन्दै प्रतिक्षा गरिरहेका छन् ।

 

https://youtu.be/2Ji9Ng-2LLo