Fursad Times शनिबार, साउन ०९, २०७८

भक्तपुर – आर्दश लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ । आदर्श लघुवित्त र बीओके क्यापिटल बीच बुधवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दर शर्माले हस्ताक्षर गरेका हुन् । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटललाई नियुक्त गरेको जानकारी गराएको हो । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।

https://youtu.be/pi_ZtGDPX7c