Fursad Times मंगलबार, आषाढ ०९, २०७७

भक्तपुर । (एमसीसी) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन विवादले सत्तारुढ दल नेकपाभित्र ठूलो हलचल ल्याएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन भइसक्नुपर्ने अन्तिम म्याद नजिकिँदै गर्दा अहिले प्रधानमन्त्री वा सभामुखकै कुर्सी धरापमा पर्न सक्ने स्थिति सृजना भएको छ। देश भरी नै एमसीसीको भिरोध भै रहेको बेला पार्टीभित्र पनि एमसीसीको विवाद बढिरहेकाले अहिले प्रधानमन्त्री र सभामुख दुवै दबाबमा छन्।
बिरिधका बिजमा पास हुन नसकेको एमसीसीको सम्झौतालाई संसदबाट पारित गराउन अरु आपतकालीन कुनै व्यबस्था गरिएन भने अब एक हप्तामात्र बाँकी छ । यही असार १५ गतेसम्म यो परियोजनाको सम्झौता संघीय संसदबाट पारित भइसक्नुपर्नेछ। अन्यथा यो परियोजना स्वतः खारेज भएर जानेछ। अन्तिम समयमा अहिले नेकपाभित्र यो सम्झौताको पक्ष र विपक्षमा रहेकाहरुबीच अन्तरसंघर्ष बढेको छ।

विभिन्न दवाव बिचमा प्रतिनिधिसभाको अर्को बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई भेटेर जसरी हुन्छ यो परियोजना पारित गराउनुपर्ने भन्दै यसलाई अगाडि बढाउन आग्रह गरेका छन्। प्रधानमन्त्रीको आग्रहमा सभामुखले के जवाफ दिए भन्ने खुलासा भइसकेको छैन।
यो परियोजनाको सम्झौता समयमै पारित गर्नको लागि प्रधानमन्त्री आज नै यो प्रस्ताव संसदको कार्यसूचीमा राखियोस् भन्ने चाहन्छन् तर पार्टीका माथिल्ला विभागहरुमा प्रधानमन्त्री आफैं अल्पमतमा छन्। अब यस्तो अवस्थामा प्रधानमन्त्री केपि शर्मा ओलिले कुन बाटो अपनाउलान त भन्ने सबैमा कौतुहलताको बिषय बनेको छ ।