Fursad Times बिहिबार, साउन ०७, २०७८

भक्तपुर । भर्खरै आईपीओ बिक्री गरेका जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजारमा कहिले कारोबार होला ? अनि यसले कति ओपनिङ रेन्ज पाउला त भन्ने सबैको चासोको बिषय बनेको छ । यी दुबै लघुबित्तको करोबार सम्भवत आगामी साताबाट ल्याउने तयारी भइरहेको छ।

यी दुवै लघुवित्तले सेयर सूचीकरण गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आवश्यक प्रक्रिया पूरा गरि सूचीकृत कार्य अगाडि बढाइसकेका छन् । यदि ३/४ दिनमै नेप्सेमा सूचीकरण सम्झौता भएमा आगामी साताबाटै यी दुवै लघुवित्तको सेयर कारोबारमा आउने देखिन्छ।

जीवन विकास लघुबित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डल सीडीएससीबाट सम्पूर्ण प्रक्रिया पूरा भइसकेको बताउँछन्। ‘नेप्सेमा पनि आवश्यक सम्पूर्ण कागजपत्र पेस गरिएको छ, सम्भवतः आइतबार वा सोमबारसम्म सूचीकरण सम्झौता हुन सक्छ’, उनले भने, ‘नेप्सेले प्रक्रिया पूरा गरेमा आगामी साताभित्रै सेयर कारोबारमा आउनेछ।’

मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टका अनुसार सीडीएससीमा दर्ता प्रक्रिया पूरा भइसकेको छ। ‘सेयर सूचीकरणका लागि आवश्यक कागजपत्र नेप्सेमा पुगिसकेको छ’, बिष्टले भने, ‘नेप्सेले प्रक्रिया पूरा गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा पठाउँछ, त्यहाँबाट स्वीकृत भएर आएपछि सूचीकरण सम्झौता हुन्छ। यो सम्पूर्ण कार्य आगामी साताभित्रै सकेर सेयर कारोबारमा ल्याउने प्रयासमा छौँ।’

यी दुबै लघुबित्तले लगानिकर्तालाई मालामाल बनाउने सबैले सोचेका छन । जीवन बिलास लगुवित्तको पहिलो कारोबार अर्थात ओपनिङ्ग रेन्ज नै ३१५ रुपैयाँ देखि ९४५ रुपैसा सम्म हुने छ भने मनकामना स्मार्ट लगुबित्तको ओपनिङ्ग रेन्ज न्युनतम ११०रुपैया ८४ पैसा देखि अधिकतम ३३२ रुपैया ५२ पैसा ओपनिङ्ग रेन्ज निर्धारण गर्ने अनुमान गर्न सकिन्छ । यी दुबै लघुबित्त राम्रो भएकाले आइपियो पर्न सबै भाग्यमानी महिनै दिन भित्र मालामाल बन्ने छन ।

 

https://youtu.be/Rvh-xGVKPA0