Fursad Times बुधबार, साउन ०६, २०७८

भक्तपुर । मैलुङ खोला जलविद्युत्ले साउन १४ गतेदेखि कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याउने भएको हो ।
निष्काशन कुल आइपियो मध्ये२ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४) कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा भने साउन २८ गतेसम्म आवेदन दिन पाइने छ ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटल रहेको छ ।
कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।
कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।
कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

 

https://youtu.be/wqADxnEP7hE