Fursad Times बुधबार, साउन ०६, २०७८

भक्तपुर । आज इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) पर्ने भएकाले सरकारले बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा आज देशभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।