Fursad Times मंगलबार, साउन ०५, २०७८

तेह्रथुम पावर कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि मात्रै आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । यस कम्पनीको सेयर निष्काशन बन्द छिटोमा साउन १९ गते हुनेछ । यदि सो समयभित्र पूर्ण आवेदन नपरेको खण्डमा भने निष्काशन अवधि थप गर्दै भदौ २ गतेसम्म लम्बिनेछ । आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ।

https://youtu.be/QbKnH683N50