Fursad Times शनिबार, साउन ०२, २०७८

मध्यभोटेकोसी जलविद्युत आयोजनालाई नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको छ । यश कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो । कम्पनिले बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ।  बोर्डको स्वीकृति पाइसकेको आयोजनाले अबको २ महिनाभित्र आइपिओ जारी गर्नेछ। सिन्धुपाल्चोक जिल्लामा  निर्माणाधीन यस आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विद्युत बिक्री हुने अनुमान छ।
कुल सेयरमा ४९ प्रतिशत सेयर सर्वसाधारणलाई र ५१ प्रतिशत संस्थापक समूहको रहनेछ। संस्थापकमा चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ।

आयोजनाको बाध मार्मिङ ९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७।२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।३४ मेगावाट क्षमताका ३ युनिटबाट १०२ मेगावाट उत्पादन क्षमता रहनेछ। सन् २०११ मै विद्युत प्राधिकरणसँग खरिद सम्झौता भएको थियो।

https://youtu.be/6gn0rKr8mG0