Fursad Times शुक्रबार, साउन ०१, २०७८

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता “प्राथमिक सेयर”आईपिओ निस्कासन गर्न अनुमती माग्दै नेपाल धितोपत्र बोर्ड गएको थियो । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर “आइपियो” निस्कासनको लागि बोर्डसँग अनुमती मागेको थियो । बोर्डले सानिमालाई आइपियो निष्कासन गर्न बिहिबार अनुमति दिएको छ । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न लागेको ६० लाख प्राथमिक सेयर (आइपियो ) मध्य कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।
सानिमाको आइपीओको बिक्रि प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओ निष्काशन गर्ने तयारी पूरा भइसकेको छ । यद्यपि सानिमा लाइफको आईपिओ निष्काशनमा केही ढिलाई हुने भएको छ जसले गर्दा साउनको दोस्रो साता मात्रै सानिमा लाइफको आईपिओ निष्काशन हुनेछ ।

यस कम्पनिले आइपीओ निष्काशनका लागि भन्दै यसअघि नै रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

 

https://youtu.be/qxZjz_eoM-E