Fursad Times बिहिबार, आषाढ ३१, २०७८

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता “प्राथमिक सेयर”आईपिओ निस्कासन गर्न अनुमती माग्दै नेपाल धितोपत्र बोर्ड गएको थियो । बोर्डले सानिमालाई आइपियो निष्कासन गर्न आज अनुमति दिएको छ । यश कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई वितरण गर्नेछ ।
सानिमाको आइपीओको बिक्रि प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओ निष्काशन गर्ने तयारी पूरा भइसकेको छ । यद्यपि सानिमा लाइफको आईपिओ निष्काशनमा केही ढिलाई हुने भएको छ सम्भवतः साउनको दोस्रो साता मात्रै सानिमा लाइफको आईपिओ निष्काशन हुनेछ ।

कम्पनीको आइपीओ निष्काशनका लागि यसअघि नै रेटिङ गराइसकेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।

 

https://youtu.be/bQ0m1EZFu3c