Fursad Times बिहिबार, आषाढ ३१, २०७८

भक्तपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ)  बाँडफाँट भएको छ । उक्त कम्पनीको आईपीओ ५ लाख ८० हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाएका छन् । बाँकी आवेदनको हात खाली भएको छ ।
असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको युनियन लाइफले ५ प्रतिशत (३ लाख २२ हजार ५०० कित्ता) कर्मचारी र ५ प्रतिशत (३ लाख २२ हजार ५०० कित्ता) म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी ५८ लाख ५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । आइपीओमा २१ लाख ७२ हजार ८६८ जनाले ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन दिएका थिए । यस आइपीओमा मागको तुलनामा ५.९१ गुणा बढी आवेदन परेको हो ।
यस आइपीओलाई इक्रा नेपालले आइआर बीबीबी रेटिङ दिएको छ जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । कम्पनीको हाल कायम चुक्ता पूँजी हाल १ अर्ब ५० करोड ५० लाख छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपियाँ पुग्नेछ ।

https://youtu.be/nfc4GnY1eqo